back
NMB ad

छुट्ला है १ लाख कित्तासम्म भर्न पाइने कम्पनीको आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

Kumari bank ad

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद नजिकिएको छ ।

कम्पनीले गत बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद अब केही दिन मात्र बाँकी रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि विद्यमान जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत सेयर निष्काशन गरेको हो ।

कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

वि.सं.२०७९ जेठ ११ बुधवार १३:५६ मा प्रकाशित

You can share this post!

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ११ शुक्रवार ११:१०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने...

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब   

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:५८

वीरगञ्ज (पर्सा), ११ जेठः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको...

सुनको भाउ घट्ने क्रम जारी, आज कति घट्यो ?

सुनको भाउ घट्ने क्रम जारी, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:४६

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी गिरावट...

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी   

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:३४

 काठमाडौँ, ११ जेठः सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन...

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:५८

फुङ्लिङ (ताप्लेजुङ) ११ जेठः जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ...

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...