back
NMB ad

वाणिज्य बैंकहरुले संकलन गरे १३ अर्ब बढी निक्षेप: ४ अर्ब कर्जा प्रवाह, सीडी रेसियो कति ?

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले १३ अर्ब बढी रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

जेठ लागेपछि हालसम्म बैंकहरुले जेष्ठ १३ गतेसम्म १३ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ८३ अर्ब रुपैयाँ संकलन गरेका हुन् ।

गत बैशाख ३० गतेसम्ममा भने बैंकहरुले ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । पछिल्लो एक सातामा भने वाणिज्य बैंकहरुले ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले जेठ ६ गतेसम्म ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

यस्तै, जेठ महिना लागेदखि हालसम्म बैंकहरुले ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुले १३ दिनको अवधिमा ६ अर्ब रुपैयाँ बढाएर जेठ १३ गतेसम्म ४१ खर्ब ९८ अर्ब रुपैयाँ वितरण गरेका हुन् । यसअघि बैशाख मसान्तसम्ममा ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

एक साताको अवधिमा भने बैंकहरुले ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकर्स संघका अनुसार सीडी रेसियो ९०.४१ प्रतिशत रहेको छ ।

वि.सं.२०७९ जेठ १७ मंगलवार १५:३४ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...