back
NMB ad

नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको वार्षिक साधारणसभा सम्पन्न

Kumari bank ad

काठमाडौं । नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पर्यटन बोर्डको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाट्न गर्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालले सबैको सामुहिक चिन्तन र सहकार्यबाट पर्यटन बोर्डको गरिमालाई माथी उठाउनु आजको आवश्यकता रहेको बताउनु भयो ।

व्यक्तिगत स्वार्थभन्दा माथी उठेर संस्थालाई बलियो बनाउन सकेमात्र यसको औचित्य रहने उल्लेख गर्दै उहाँले यसको लागि सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताउनु भयो ।

बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मिले बोर्डले कर्मचारीहरुकै सहकार्यबाट कठिन अवस्थामा समेत बोर्डले राम्रो काम गर्न सकेको बताउदै युनियनको वार्षिकोत्सबको शुभकामना व्यक्त गर्नु भयो । उहाँले कर्मचारीको वृती विकासमा आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

बोर्डका कार्यसमिति सद्स्य ङावा निमाङिमा शेर्पाले संस्था र कर्मचारी सबैको हित हुने गरि कर्मचारीले काम गर्नुपर्ने बताउदै वार्षिकोत्सव सफलताको शुभकामना दिनुभयो ।

बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले कोभिड्को समयमा बोर्डका कर्मचारीले गरेको काम सराहनीय भएको बताउदै अब पुनः टिम स्प्रीट्कासाथ काम गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोर्डका वरिष्ठ हिक्मत सिंह ऐर ,निर्देशकहरु सन्तोष पन्त, मणिराज लामिछाने,प्रबन्धक सुर्य थपलिया,सार्वजनिक सस्थान कर्मचारी युनियनका सद्स्य सन्जिब थापा लगायतले शुभकामना दिनु भएको थियो ।

युनियनका अध्यक्ष गोपाल भन्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनियनका सचिव सिताराम दाहाल,सहसचिव रामप्रसाद घिमिरे लगायतले वार्षिकोत्सबको अवसरमा आ आफ्नो धारणा राख्नु भएको थियो ।

वि.सं.२०७९ जेठ १८ बुधवार १८:०४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...