back
NMB ad

बीमा समितिका अध्यक्ष सिलवाल र माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिम बीच भेटवार्ता

Kumari bank ad

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष  अली हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच माल्दिभ्सको राजधानी मालेमा भेटवार्ता भएको छ ।

माल्दिभ्सको बैङ्क, धितोपत्र बजार सहित बीमा क्षेत्रको समेत नियमन गर्ने निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणको मालेस्थित कार्यालयमा हिजो द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालका तर्फबाट बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरे र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी सहभागी हुनुहुन्थ्यो ।

यसैगरी माल्दिभ्सका तर्फबाट माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम, डेपुटी गभर्नर अहमद इमाद र बीमा विभागका कार्यकारी निर्देशक हसन फियाज सहभागी हुनुहुन्थ्यो ।

त्यस अवसरमा बीमा समितिका अध्यक्ष सिलवालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन  स्तरीय बीमा नियमनकारी निकायहरूको सङ्गठन  लाई पुनः सक्रिय बताउन राख्नुभएको प्रस्तावलाई माल्दिभम्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिमले सकारात्मकरूपमा लिनुहुँदै उक्त फोरमलाई सक्रिय बनाउन सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भेटवार्ताकै क्रममा अध्यक्ष सिलवालले नेपाली बीमा कम्पनीहरूलाई माल्दिभ्समा शाखा कार्यालय खोल्न के कस्तो व्यवस्था छ भनी राख्नुभएको जिज्ञासामा माल्दिभ्सको प्राधिकरणका अध्यक्ष हासिमले विदेशी बीमा कम्पनीहरूले माल्दिभ्समा सजिलै शाखा कार्यालय वा संयुक्त लगानीमा कम्पनी खोल्नसक्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।

अध्यक्ष हासिमले आगामी दिनमा दुई देशका नियमनकारी निकायहरूबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस अवसरमा बीमा समिति र माल्दिभ्स मौद्रिक प्राधिकरणबीच आगामी दिनमा नियमनकारी अनुभव, सूचना, विवरण तथा तथ्याङ्क आदि आदान प्रदान गर्ने र बीमा क्षेत्रमा विद्यमान चुनौतीहरूको मिलेर सामना गर्ने सहमति समेत भएको छ ।

वि.सं.२०७९ जेठ १९ बिहीवार १३:१६ मा प्रकाशित

You can share this post!

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...