back
NMB ad

विदेशी मुलुकमा नेपाली मौलिक सुनका गहनाको माग बढ्दै, १० महिनामा ४६ करोडको बाहिरियो

एक महिनामै १४.५५ प्रतिशतले बढ्यो निर्यात, कुन देशमा कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । विदेशी मुलुकहरुमा सुनका नेपाली मौलिक गहनाको माग बढ्दो क्रममा छ । नेपालबाट सुनको मौलिक गहनाहरु निर्यात वृद्धि भएको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनामा नेपालीबाट ४६ करोड बढीको सुनका गहना बाहिरिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको बैशाख मसान्तसम्ममा विश्वका तीन मुलुकमा ४६ करोड ३१ हजार रुपैयाँ बराबरको सुनका मौलिक गहना निर्यात भएको हो ।

नेपालबाट हाल अमेरिका, हङकङ र अष्ट्रेलियमा नेपाली मौलिक सुनका गहनाहरु निर्यात हुँदै आएको छ । सुनका गहना नेपालबाट गत आवदेखि निर्यात हुन थालेको हो ।

चालु आवको बैशाख मसान्तसम्ममा ५२ हजार ८७३ ग्राम सुनका गहना बाहिरिएको भन्सार विभागले जनाएको छ ।

एक महिनाको अवधि अर्थात चालु आवको चैत मसान्तसम्मको तुलनामा भने सुनका मौलिक गहना निर्यात १४.५५ प्रतिशतले वृद्धि भएको हो ।

चालु आवको नौ महिनाको अवधिमा नेपालबाट ४० करोड १५ लाख ९४ हजार रुपैयाँ बराबरको ४६ हजार ४०८ ग्राम सुनका गहना बाहिरिएको थियो ।

विशेषगरी विदेशी मुलुकमा बन्न नसक्ने नेपाली मौलिक गर–गहना नेपालबाट निर्यात हुने गर्दछ । विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ ।

चालु आवको बैशाख मसान्तसम्ममा सबैभन्दा बढी सुनका गहना अमेरिका निर्यात भएको छ । उक्त देशमा बैशाख मसान्तसम्ममा ३९ करोड ९३ लाख ६५ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार अमेरिकामा ४४ हजार ७ ग्रामका सुनका गहनाहरु पुगेको हो ।

उक्त अवधिमा हङकङमा भने ५ करोड १८ लाख ७ हजार रुपैयाँ बराबरको ६ हजार ६१२ ग्रामको सुनका गहना निर्यात भएको विभागले जनाएको छ ।

यस्तै, अष्ट्रेलियामा भने १ करोड ८८ लाख ५९ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको हो । उक्त देशमा १ हजार ५६१ ग्राम सुनको गहना पुगेको हो ।

वि.सं.२०७९ जेठ १९ बिहीवार १८:३३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...