back
NMB ad

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ आज हुदैं

Kumari bank ad

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजीटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ शुक्रबार (आज) हुदैंछ ।

ब्राण्डवर्थ प्रालिको आयोजनामा आज काठमाडौंको सोल्टी होटेलमा उक्त कार्यक्रम गर्न लागिएको हो ।

यस कन्क्लेभलाई नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर काकीद्वारा उद्घाटन गरिर्ने बाण्डवर्थका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहन गजुरेलले बताए ।

कोरोना महामारीले नेपालीलाई इकमर्श, डिजीटल पेमेन्ट, अनलाइन शिक्षा जस्ता सुचना प्रविधिका आयाममा अभ्यस्त गराउँदै लगेको छ । साथै, डिजीटाइजेसन नेपाली अर्थतन्त्रको अभिन्न अंगको रुपमा समेत स्थापित भइसकेको छ । सो अवस्थामा डिजीटाइजेसनका पछिल्ला संभावना, अवसर तथा चुनौतीमा केन्द्रीत रहेर ब्राण्डवर्थले यो कार्यक्रम आयोजना गरेको हो । डिजीटल इकोनोमी सम्बन्धी प्रमुख सरोकारवालाहरुलाई एकै छानामुनी ल्याएर बृहत छलफल गरिने आयोजकले बताएको छ ।

आयोजकका अनुसार यस बर्षको कन्क्लेभको मुख्य उद्देश्य भने कोरोनापछि सामान्यकृत हुदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजीटाइजेसनलाई आर्थिक बृद्धि र सामाजिक न्याय प्राप्तीका कसरी प्रयोगमा ल्याउने भन्ने रहेको छ । कार्यक्रममा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट’, ‘नेपाल–साना बजार कि असिमित सम्भावना ?’ तथा ‘नेपाली युनीकर्न कहिले ?’ भन्ने विषयमा चार सत्रमा सघन अन्तरक्रिया र बहस गरिने आयोजकको भनाइ छ । उक्त सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरु, नियमनकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधीहरुको सहभागिता हुनेछ ।

कन्क्लेभमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दीप घोष्को कि–नोट स्पीच हुनेछ । साथै, कार्यक्रममा नेपालको डिजीटल विकासबारे अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सुचना प्रविधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंगको बेग्लै सत्र समेत हुनेछ ।

यस कन्क्लेभ देशका प्रमुख अनलाईन तथा टेलिभिजन च्यानलका साथै अन्य डिजिटल प्ल्याटफर्ममार्फत् प्रत्यक्ष प्रसारण गरिने छ । कार्यक्रमको मुख्य प्रायोजनक भने फोनपे रहेको छ भने कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको छ ।

समाज र अर्थतन्त्र द्रुतगतिमा डिजीटाइज भइरहेको अवस्थामा यस कार्यक्रम सबैको लागि महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।

वि.सं.२०७९ जेठ २० शुक्रवार १०:२४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...