back
NMB ad

थप तीन कम्पनीले पठाए सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं । थप तीन कम्पनीहरुले बोनस सेयर वितरण सुरु गरेका छन् ।

दुई लघुवित्तसहित तीन कम्पनीहरुले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएका हुन् ।

सपोर्ट लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्स कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर पठाएका हुन् ।

कम्पनीहरुको बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएका हुन् ।

सपोर्ट लघुवित्त वित्तीय संस्था बोनस सेयर वितरण सुरु गरेको छ । कम्पनीले ३० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले गत पुस १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस सेयर कम्पनीले हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

यस्तै, नेको इन्स्योरेन्स कम्पनीले पनि १५ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा पठाएको छ ।

कम्पनीको चैत ९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले पारित गरेको उक्त बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

त्यसैगरि समता घरेलु लघुवित्त वित्तीय संस्थाले पनि सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

कम्पनीले गत पुस ७ गते सम्पन्न आठौं साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

वि.सं.२०७९ जेठ २४ मंगलवार १३:०० मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...