back
NMB ad

भोलि दुई कम्पनीको साधारण सभा हुँदै, कुनको कस्ता छन् एजेण्डा ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात जेठ २७ गते दुई कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ ।

उक्त विभिन्न एजेण्डासहित गोर्खाज फाइनान्स र नेपाल मेटल कम्पनीले वार्षिक साधारण सभा गर्न लागेका हुन् ।

भोलि गोर्खाज फाइनान्सले २७औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, सञ्चालक समितिमा रित्त हुन गएको संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ सञ्चालक बाँकी कार्यकालका लागि नियुक्ती गरिएको विषयलाई पनि सभामार्फत स्वीकृति प्रदान गरिनेछ ।

सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकको जानकारी समेत सभामा गराउने कार्यक्रम समेत कम्पनीले तय गरेको छ ।

साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ ।

यस्तै, भोलि नेपाल मेटल कम्पनीको वार्षिक साधारण सभा गर्ने भएको छ ।

सभाको प्रस्तावमा सभाको माइन्युट बुकमा दस्तखत गर्न सञ्चालक समितिबाट १ जना र शेयरधनीबाट जना प्रतिनिधि मनोनयन गर्ने, नियमनकारी निकायबाट दिइएका निर्देशनको सम्बन्धमा निर्णय गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने रहेको छ ।

सभाले आव २०७५/७६ देखि २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

यसका साथै २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

वि.सं.२०७९ जेठ २६ बिहीवार १४:५६ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...