back
NMB ad

इन्फोडेभलपर्सको १ वर्षे योजनाः १ अर्ब रूपैयाँको कम्पनी बन्ने, पूर्ण डिजिटाइजमा जाने

Kumari bank ad

काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ ।

शनिबार बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा आयोजना भएको रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आगामी आर्थिक वर्ष २०७९/८० को भिजन सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

अबको १ वर्षमा एक अर्ब नेपाली रूपैयाँको कम्पनी बन्ने लक्ष्य र संस्थागत सुशासनका लागि कम्पनीलाई पूर्ण डिजिटाइज गर्ने उनले बताए । अहिले कम्पनीको वार्षिक टर्नओभर ५० करोड रूपैयाँ भन्दा माथि रहेको छ ।

‘आउने आर्थिक वर्षमा हामी अनुसन्धान र विकासमा थप जोड दिनेछौं । नयाँ नयाँ प्रविधिमा लगानी गर्नेर्छौं,’ उनले भने, ‘कर्मचारीको ३६० डिग्री वृद्धिमा ध्यान दिनेछौं । इनहाउस प्रडक्ट र आइडियालाई मोनिटाइज गर्नेर्छौं।’ चालु आर्थिक वर्षमा लिएका धेरै लक्ष्यहरू पूरा भएको र केही बाँकी रहेको रघुवंशीको भनाइ छ । कमर्चारीलाई बिजनेस आईडिया लिएर आए पार्टनर बनाएरसँगै काम गर्ने पनि उनले बताए ।

त्यस्तै कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) डा. राजिव सुब्बाले कम्पनीको भिजन पूरा गर्नलाई रणनीतिक योजना बनाउन कार्यक्रम आयोजना गरेको बताए । उक्त कार्यक्रममा चालु आर्थिक वर्षका लागि लिएका लक्ष्यहरू के कति पूरा भए त्यसको पनि समिक्षा गरिएको थियो ।

बैठकमा विभिन्न व्यवस्थापकीय तथा प्रविधि विभागहरुका प्रमुखहरुले चालु आर्थिक वर्षको समिक्षा, उपलब्धि र चुनौतिहरुको मुल्यांकन, एवं आगामी आर्थिक वर्षमा के के नयाँ कार्यहरु गर्न सकिन्छ भनेर आफ्नो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रमको दोस्रो सत्रमा सीईओको भिजनमाथि समूह गत छलफल भएको थियो ।

उक्त छलफल कार्यक्रममा इन्फोडेभलपर्सका उच्च तहका नेतृत्वहरु समेत गरि ४५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसपछि प्रत्येक समूहबाट प्रतिनिधित्व गर्दै एक एकजनाले उक्त भिजन पूरा गर्न के के कार्य गर्न सकिन्छ भन्दै प्रस्तुती दिएका थिए ।

उक्त कार्यक्रमलाई सहजीकरण गरेका डा. सुब्बाका अनुशार उक्त रणनीतिक कार्यक्रमबाट प्राप्त सुझावहरुलाई समेटेर एक रिपोर्ट तयार गरि आगामी बर्षको लागि आवस्यक पर्ने आर्थिक बजेट मार्फत कार्यान्वयनमा लगिने छ ।

कार्यक्रममा इन्फोडेभलपर्सका कार्यकरी निर्देशकद्वय प्रविन सुबेदी तथा अरबिन्द प्रधान, सीओओ डा। सुब्बा, जनशक्ति व्यवस्थापन विभागका प्रमुख रेबेका प्रतिक राई एवं प्रशासन विभाग प्रमुख सुरेश मानन्धर समेतले आ-आफनो धारणा राख्नु भएको थियो ।

वि.सं.२०७९ जेठ २९ आइतवार १७:३५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...