back
NMB ad

मोटरहेडले हस्तान्तरण गर्यो लक्की ड्र मार्फत विजेतालाई पुरस्कार

Kumari bank ad

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले लक्की ड्रमार्फत विजेताहरुलाई चेक हस्तान्तरण गरेको छ ।

कम्पनीले एक कार्यक्रमको आयोजना गरि लक्की ड्र मार्फत विजेताहरुलाई चेक हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो दशैं तिहार छठ अन्तर्गतको अफर अनुरुप तीन जना भाग्यशाली विजेताहरुलाई उक्त चेक हस्तान्तरण गरेको हो

उक्त अफरमा मोटरहेडका एमएच–१५०आर खरिद गरेका काठमाडौं निवासी सुभेन्दुरत्न तुलाधरले १ लाख, रुकम घर घई हाल काठमाडौं बस्दै आएका दया बुढा मगरलाई ५० हजार र ललितपुर निवास सुशान्त पौडेलले २५ हजार रुपैयाँ जितेका थिए । मगर र पौडेलले उक्त अफरमा मोटरहेडका परिचित मोडल टेक्कन आर२५० र स्क्राम्बलर खरिद गरेका थिए ।

उक्त कार्यक्रममा विजेताहरुलाई एसएल आर टेक्नो एण्ड ट्रेड प्रालिका निर्देशक सुगम घिमिरेले चेक हस्तान्तरण गर्नुभएको थियो ।

कम्पनीले उक्त अवधिमा चलाएको नगद छुटको अफरको साथै लक्की ड्र मार्फत आफूहरु उक्त रकमको योग्य हुन पाएकोमा तीनै जना विजेताले खुशी व्यक्ति गरेका थिए ।

हाल कम्पनीको नयाँ वर्ष २०७९ अन्तर्गतको अफर जसमा स्क्राच गरी १ लाख रुपैयाँसम्म जित्न सकिने र १ जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत २ लाख ७ हजार ९ सय रुपैयाँ जित्न सकिने व्यवस्था रहेको छ ।

यस ब्राण्डका हाल सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधाका साथ देशका मुख्य सहर बिर्तामोड, इटहरी, हेटौंडा, मन्थली, धादिङ, बुटवल, कावासोती, पोखरामा र उपत्यकाभित्र टेकु, बालाजु, धोबिघाट, चावहिल तथा भक्तपुरको सल्लाघारीमा छ ।

वि.सं.२०७९ जेठ ३० सोमवार १८:०६ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...