back
NMB ad

तारागाउँ रिजेन्सीले कमायो ४ करोड १४ लाख नाफा, अधिकांश सूचकहरुमा सुधार (विवरणसहित)

Kumari bank ad

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

मंगलबार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफामा सुधार देखिएको छ । गत वर्षको तेस्रो त्रैमासमा १२ करोड ६५ लाख २३ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने सवा ४ करोड नाफा कमाएको छ । चालु आवको तेस्रो त्रैमासमा कम्पनीले ४ करोड १४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको हो ।

उक्त अवधिमा कम्पनीको कुल आम्दानी पनि २९७.२६ प्रतिशतले वृद्धि भई ५० करोड ३२ लाख ४३ हजार रुपैयाँ रहेको छ । गत वर्षको तेस्रो त्रैमासमा भने कम्पनीको यो आम्दानी १२ करोड ६६ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २१ लाख ६१ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने २८ करोड ११ लाख ६६ हजार रुपैयाँ राखेको छ ।

गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको ६ रुपैयाँ ७२ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी यस वर्षको सोही अवधिमा भने २ रुपैयाँ २० पैसा धनात्मक रहेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ७ रुपैयाँ १ पैसाले बढेर ११८ रुपैयाँ २१ पैसा कायम भएको छ ।

वि.सं.२०७९ जेठ ३१ मंगलवार १३:५० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...