back
NMB ad

मेटलाइफका वरिष्ठ अधिकारीहरु नेपाल भ्रमणमा

Kumari bank ad

काठमाडौं । मेटलाइफका सिनियर भाइस प्रेसिडेण्ट तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाले एजेन्सी एसिया वितरणका भाइस प्रसिडेण्ड मारवान माटरसँगै नेपाल भ्रमण गरेकी थिइन् । उनले आफ्नो पाँच दिने भ्रमणको क्रममा, मेटलाइफ नेपालको मुख्य कार्यालयको भ्रमण गर्नुका साथै कम्पनीका सबै प्रमुख सरोकारवालाहरूसँग अन्तरक्रिया तथा छलफल गरेकी थिइन् ।

बीमा उद्योगमा २० वर्षभन्दा बढी अनुभव संगालेकी बुटारोभा बंगलादेश, मलेसिया, नेपाल र भियतनाम जस्ता एशियाका फस्टाउँदै गएका बजारहरूमा मेटलाइफको व्यवसायको जिम्मेवारी सम्हाली रहेकी छन् । उनको प्राथमिकतामा डिजिटाइज्ड ब्यापारिक प्लेटफर्मको विकास, क्षेत्रीय क्षमताहरूमा सहकार्य र सह–लगानी बढाएर यी बजारहरुमा व्यवसाय वृद्धि गर्नु रहेको छ ।

बुटारोभाले नेपाल भरी बलियो वितरण सञ्जालको विकासलाई निरन्तरता दिनमा केन्द्रित रहेको नेपाल व्यवस्थापन टोली, एजेन्सी र वितरण प्रतिनिधिहरूसँग भेटघाट गरेकी थिइन् । उनले वार्षिक अवार्ड नाइटमा वर्षभरि उत्कृष्ट प्रस्तुति गर्ने योग्य एजेन्सी प्रबन्धक, युनिट प्रबन्धक र पिÞmल्ड प्रतिनिधिहरूलाई सम्मान गरेकी थिईन् । उनले ग्रामीण समुदायको उत्थानका लागि माइक्रो इन्स्योरेन्स क्षेत्रलाई विस्तार गर्ने विषयमा पनि छलफल गरि सरोकारवालाहरुको ध्यानाकर्षण गराएकी थिइन् ।

उनले मेटलाइफ नेपालको वुमेन्स बिजनेस नेटवर्क सँगको अन्तरक्रियात्मक कार्यक्रममा भागलिई महिलाको कार्य(जीवन सन्तुलन तथा भावनात्मक र मानसिक स्वास्थ जस्ता क्षेत्रहरूमा आफ्ना विचारहरू ब्यक्त गर्नुका साथै उनीहरूका उपलब्धिहरू र नियमित कार्यक्रमहरूको प्रशंसा गरेकी थिइन । साथसाथै उनले महिलाहरूलाई कम्पनी भित्र शीर्ष व्यवस्थापन पदहरूमा सहभागिता हुन उत्प्रेरित गरेकी थिइन् ।

तेसैगरि युरोप, अफ्रिका र एशियामा एजेन्सी वितरणको व्यापक अनुभव बोकेका मार्वन मटरले विभिन्न एजेन्सी कार्यालयको पनि भ्रमण गरेका थिए र एजेन्सी कार्यकारीहरू, युनिट प्रबन्धकहरू र पिÞmल्ड प्रतिनिधिहरूलाई बलियो एजेन्सी र वितरण नेटवर्कको प्रभावकारी रूपमा निर्माण र सञ्चालन सम्बन्धी प्रशिक्षण दिएका थिए ।

वि.सं.२०७९ असार १ बुधवार १६:०२ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...