back
NMB ad

नेपालका डाँडा एक्लै घुम्न आँट गरिन, मरिन बिचरा !

Kumari bank ad

काठमाण्डौं । अन्नपूर्ण बेस क्याम्प घुम्न गएकी रोमानियाकी अदिना पोपेस्कु मोनिका मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। २६ वर्षकी उनी जुलाई ११ मा नेपाल आएकी थिईन ।

जुलाई १८ मा दोहा हुँदै आफ्नो देश फर्किनुपर्नेमा उनले फ्लाइट बोर्ड नगरेपछि अदिना हराएको भन्दै उनका आफन्तले प्रहरीकहाँ खबर खरेका थिए। खबर पाए लगत्तै टुरिजम एशोसियन नेपाल (टान), टुरिजम प्रहरी लगायतले उनको खोजी जारी राखेको थियो । १३ जुलाईमा उनी पोखराको पर्यटन बोर्डबाट व्यक्तिगत टिम्स लिएर अन्नपूर्ण पदमार्गमा टे«किङका लागि निस्किएकी थिइन् । जुलाई १४ मा धम्पुसको चेक पोइन्टसम्म उनी सम्पर्कमा आएकी उनी त्यसपछि सम्पर्क विहिन बनेकी थिइन् । हिजो पर्यटक प्रहरी काठमाडौंले खोलाले बगाएको अवस्थामा उनको शव फेला परेको खबर आएपछि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक तुल्सा खतिवडाले बताईन ।

यो घटना दुःखद भएको बताउँदै टानका टिम्स विभाग प्रमुख तारानाथ लामिछाने दिनेशले कुनै पनि विदेशी पर्यटकले ट्रेकिङ गाईड वा पोटर लिएर घुम्न जानु पर्ने र एक्लै जाँदा यस्तो दुःखद घटना हुन सक्ने बताएका छन् । यसअघि पनि व्यक्तिगत रुपमा टिम्स किनेर जाने पर्यटकहरुका लुटिनेदेखि विविध अपराध हुने लगायतका गुनासाहरु आएपछि ‘नो ट्रेक विदाउट ट्रेकिङ गाईड/पोटर’ अभियान संचालनमा ल्याइरहेकोछ ।

१० साउन २०७३, ११।००

वि.सं.२०७३ साउन १० सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...