back
NMB ad

ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिवद्ध छौं : यातायातमन्त्री दाहाल

Kumari bank ad

ललितपुर । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारणसभा तथा सातौँ महाधिवेशन उद्घाटन गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

मन्त्री दाहालले ट्रक व्यवसायीले भोग्दै आएको पार्किङल गायतका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भारतीय ट्रकको निर्वाध नेपाल आवागमनलाई कडाइसँगै बिमा लगायत समस्या समाधानमा संघीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

महासंघका महासचिव एवं प्रवक्ता राजेन्द्रविक्रम बानियाँले कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई सरकारले कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गरे ।

हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने यो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासचिव बानियाँले जानकारी दिए ।

महाधिवेशनले २१ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघको सातै प्रदेशमा प्रदेश संयोजक पनि निवार्चित हुनेछन् ।

महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीले सहभागिता जनाएका छन् ।

वि.सं.२०७९ असार १० शुक्रवार १४:२१ मा प्रकाशित

You can share this post!

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२७

काठमाडौँ, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२३

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:१२

नवलपुर (नवलपरासी), १५ जेठ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी...

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:०४

काठमाडौँ, १५ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

आज गणतन्त्र दिवस मनाइँदै   

आज गणतन्त्र दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:५९

काठमाडौँ, १५ जेठ : आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ ।...

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:३७

म्याग्दी, १५ जेठः म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका...