back
NMB ad

वीरगञ्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि

Kumari bank ad

पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो ।

आव २०७७/८७ को साउनदेखि जेठसम्मको ११ महिनामा रु ४४ अर्ब २४ करोड २३ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ३२ अर्ब ३१ करोड २४ लाख बढी अर्थात् रु ७६ अर्ब ५५ करोड ४७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा ७६दशमलव०३ प्रतिशत बढी हो ।

वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले यस नाकाबाट हुने कारोबार बढेसँगै यसको सकारात्मक प्रभाव वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको बताउनुभयो ।

गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब २३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत आवको ११ महिनामा रु एक खर्ब ५३ अर्ब ९८ करोड ३२ लाख राजस्व सङ्कलन भएकामा हाल रु ३४ अर्ब ८० करोड एक लाख बढी अर्थात् रु एक खर्ब ८८ अर्ब ७८ करोड ६२ लाख राजस्व सङ्कलन गर्न सफल भएको उक्त कार्यालयले जनाएको छ ।

वि.सं.२०७९ असार १२ आइतवार १२:५२ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...