back
NMB ad

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

Kumari bank ad

कोलम्बो । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो ।

सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिनुभएको हो । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ ।

बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा कटौती गर्ने जनाएको हो ।

मन्त्री विजकेसरीले यहाँका सार्वजनिक यातायात, अस्पताल र उद्योगहरुलाई प्राथमिकता दिइने र अरु क्षेत्रका सवारीको इन्धनमा कटौती गरिने जानकारी दिनुभएको हो ।

उहाँले कच्चा तेल अर्को हप्ता प्राप्त हुने भन्दै प्रशोधन केन्द्रलाई त्यसको तयारीमा रहन आग्रह गर्नुका साथै यातायातका लागि लाइनमा नबस्न सबै सर्वसधारणलाई आग्रह गर्नुभएको छ ।

श्रीलङ्कामा आर्थिक मन्दी छाएको छ । जसका कारण यहाँ इन्धनमा हुने नियमित आपूर्तिमा पनि कमी आउन थालेको बताइएको छ ।

वि.सं.२०७९ असार १२ आइतवार १३:३२ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...