back
NMB ad

आदर्श लघुवित्तको आईपीओ बाँडफाँडका लागि मिति तय, कतिको हुँदैछ हात खाली ?

Kumari bank ad

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्थाको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आईपीओ भोलि अर्थात असार १३ गते बाँडफाँड हुने भएको हो ।

बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्सका सोमबार क्यापिटलकै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ ।

कम्पनीले गत असार १ गतेदेखि असार ५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

गोलाप्रथाद्वारा वितरण गर्दा भाग्यमानी ६ हजार २ सय ६१ जना मात्रै सेयर हात पार्नेछन् भने बाँकी १८ लाख ८ सय ६२ जनाको भने हात खाली हुनेछ ।

वि.सं.२०७९ असार १२ आइतवार १४:४४ मा प्रकाशित

You can share this post!

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...