back
NMB ad

नबिलले एनबी बैंकलाई गाभ्न राष्ट्र बैंकको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

एनबिका सेयरधनीहरूले आफ्नो १०० कित्ता बराबर नबिलको ४३ कित्ता सेयर प्राप्त गर्ने

Kumari bank ad

काठमाडौं । नबिल बैंकले नेपाल बङ्गलादेश (एनबी) बैंकलाई गाभ्ने भएको छ । नेपाल बङ्गलादेश (एनबी) लाई गाभ्नका लागि नबिलले नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।

राष्ट्र बैंकको आज अर्थात असार १५ गते बसेको सञ्चालक समितिको बैठकले एनबि बैंकलाई गाभ्न नबिललाई अन्तिम स्वीकृत प्रदान गरेको हो ।

नबिल बैंकले एनबी बैंकलाई १००ः४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । नबिल बैंकको १०० कित्ता बराबर एनबि बैंकका सेयरधनीहरुले ४३ कित्ता सेयर पाउनेछन् । मर्जरमा गएपछि बैंकले असार मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी रहेको बताइएको छ ।

नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब रुपैयाँ पुग्नेछ ।

नबिल बैंकले नेपाल बंगलादेश बैंक गाभ्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

नेपालको बैंकिंग सेवामा अग्रणी स्थानमा रहदै आएको नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात बाणिज्य बैंकहरु मध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैर व्याज आम्दानी, गैरकोषमा आधारित व्यबसाय, तथा कुल नाफा लगायतका विभिन्न सूचकांकहरुमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ ।

वि.सं.२०७९ असार १५ बुधवार १७:५४ मा प्रकाशित

You can share this post!

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ, २४ वैशाख : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...