back
NMB ad

एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप रु. ९४ अर्बले बढ्यो, सीडी रेसियो ८८ प्रतिशत

Kumari bank ad

काठमाडौं । असार महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेपमा वृद्धि भएको छ। असार महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप ९४ अर्ब रुपैयाँले बढेको छ। योसँगै असार २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप उल्लेख्य रुपमा बढेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि घटेर ८८.५७ प्रतिशतमा झरेको छ।

गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब रुपैयाँमात्रै थियो। सरकारी खर्च बढेसँगै पछिल्लो दुई सातामा वाणिज्य बैंकहरुको निक्षेप उल्लेख्य बढेको देखिन्छ।

गत असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप असार १७ गतेसम्म आइपुग्दा ३४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको थियो।

त्यसपछिको एक साता अर्थात असार १८ गतेदेखि असार २४ गतेसम्म वाणिज्य बैंकहरुको थप ६२ अर्ब रुपैयाँले बढेको छ।

असार लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी भने १९ अर्ब रुपैयाँले घटेको छ। गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असार २४ गतेसम्म आइपुग्दा घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित बनेको छ।

वि.सं.२०७९ असार २८ मंगलवार १५:४१ मा प्रकाशित

You can share this post!

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...