back
NMB ad

विद्युत् आपूर्ति नहुँदा देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग बन्द

Kumari bank ad

उदयपुर । देशकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ ।

उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ लागेर सिरहा गाईघाट प्रसारण सेवा बन्द भएकाले सिमेन्ट उद्योग पनि बन्द हुन पुगेको हो ।

दैनिक रु ७३ लाखभन्दा भन्दाबढी घाटा बेहोर्दै आएको उक्त उद्योगले विद्युत् आपूर्ति बन्द भएपछि दुई हप्ताभित्र रु १६ करोड घाटा बेहोर्नु परेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताउनुभयो ।

उद्योग सञ्चालन गर्न दैनिक छ मेगावाट विद्युत् आपूर्ति हुनुपर्नेमा हाल दैनिक दुई मेगावाट मात्र विद्युत् आपूर्ति हुने गरेका कारण उद्योगमा सिमेन्ट उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

सिरहाको लाहानस्थित गाईघाट केन्द्रमा विद्युत् प्रसारण हुने ट्रान्सफर्मर नयाँ फेर्न पर्ने भए पनि अहिलेसम्म फेर्ने वा मर्मत गर्ने काम सम्पन्न भइनसकेका कारण विद्युत् प्रसारणमा समस्या आएको उदयपुरस्थित विद्युत् प्राधिकरणका प्रमुख पङ्कज गोइतले बताउनुभयो ।

विद्युत् मर्मत गर्ने र व्यवस्थापन गर्ने कार्य भइरहेको भए पनि अझै समय लाग्नसक्ने हुनाले लाहान गाईघाट विद्युत् सेवा सिधा आपूर्तिमा समस्या आएको विद्युत् उहाँको भनाइ थियोे ।

विद्युत् आपूर्तिमा समस्याका कारण उद्योग बन्द हुन पुग्दा ठूलो घाटा बेहोर्नु परेको उद्योग प्रशासनले बताएको छ ।

वि.सं.२०७९ असार ३१ शुक्रवार १२:५९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...