back
NMB ad

एसियन लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर सार्वजनिक, न्यूनतम ४० देखि अधिकतम ७५ रुपैयाँ

Kumari bank ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ का लागि बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको हो ।

नयाँ बोनस दर अनुसार बीमितले न्युनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ पाउनेछन् । जसमा सावधिक तथा आजीवन बीमालेखमा सुरुवातदेखि १४ वर्षको अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनस दर छ। १५ देखि १९ वर्ष अवधिलाई ५५ रुपैयाँ छ। २० देखि २४ वर्ष अवधिका लागि ६० रुपैयाँ र २५ वा सोभन्दा माथिका अवधिलाई ७५ रुपैयाँ बोनस दर कायम गरिएको छ।

बालबालिकाको सावधिक जीवन बीमालेखअन्तर्गत १ देखि १४ बर्ष अवधिका लागि ४० रुपैयाँ बोनस दर तोकिएको छ। १५ देखि १९ वर्ष अवधिको लागि ४५ रुपैयाँ छ।

२० देखि २४ वर्ष अवधिका लागि बीमितले ५३ रुपैयाँ पाउने छन्। २५ वर्षभन्दा माथिको अवधिका लागि ६० रुपैयाँ बोनस दर छ। सावधिक जीवन बीमालेखको बोनस दर न्युनतम ४० देखि अधिकतम ६० रुपैयाँ छ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्षे अवधिका लागि ५० रुपैयाँ बोनस दर छ। १२ वर्षेका अवधिलाई ५०, १५ वर्षका लागि ५५, १८ वर्षका लागि ६०, २० वर्षका लागि ६५ र २५ वर्ष अवधिलाई ७० रुपैयाँ तोकिएको छ।

नवरत्न, जीवन संजीवनी, दम्पती सुरक्षा प्लस, एसियन वार्षिक धनलाभ अन्तर्गत ० देखि १५ वर्षका अवधिको लागि ४० रुपैयाँ बोनस दर छ। १५ देखि १९ वर्ष अवधिका लागि ४२ रुपैयाँ २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ६० रुपैयाँ नयाँ बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ।

यस्तो नयाँ बोनसदरको सूची 

 

वि.सं.२०७९ साउन ३ मंगलवार १२:१० मा प्रकाशित

You can share this post!

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...