back
NMB ad

प्रदेश १ प्रहरी कार्यालयद्वारा रु ३९ करोड बढी राजस्व सङ्कलन

Kumari bank ad

झापा । प्रदेश नम्बर १ का १४ जिल्लाका प्रहरी कार्यालयमा दर्ता भएका आठ हजार ५५ मुद्दाबाट रु ३९ करोड २१ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

प्रदेश १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थको अवैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन परिचालित कर्मचारी र प्रहरीबाट सो सङ्कलन भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न अपराधसम्बन्धी शीर्षकमा दर्ता भएका सो मुद्दामध्ये तीन हजार १७७ फछ्र्योट भइसकेको जानकारी दिनुभयो । विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका एक हजार ७३८ पक्राउ गरी रु आठ करोड सात लाख ४७ हजार ६७५ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

यसैगरी विभिन्न जिल्लामा अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गरी रु ११ करोड ७४ लाख ४६ हजार ९२९ राजस्व सङ्कलन भएको छ । नदीजन्य पदार्थको अवैधरुपमा दोहन गर्ने ३७ जना र ६४५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गरी रु ३३ लाख ३१ हजार ५०० राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना मानिस गरी चार हजार ६४८ क्युफिट काठ बरामद गरी रु एक करोड चार लाख ३३ हजार ५३७ राजस्व सङ्कलन भएको छ ।

यसैगरी ट्राफिक व्यवस्थापनतर्फ यस आर्थिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई लाख ६९ हजार ८२३ सवारी साधनलाई कारबाही गरी रु १८ करोड एक लाख ५९ हजार कार्यालयले राजस्व सङ्कलन गरेको छ । सोही अवधिमा प्रहरीले विभिन्न जिल्लाबाट रु आठ लाख १२ हजार ५१५ बोट गाँजा नष्ट गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले सोही अवधिमा उत्कृष्ट कार्य गर्ने एक हजार ८६४ प्रहरी कर्मचारीलाई पुरस्कृत र प्रहरी आचरणविपरीत कार्य गर्ने ४२८ प्रहरी कर्मचारीलाई बिभागीय कारबाही गरिएको प्रवक्ता राईले बताउनुभयो ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १५:०२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...