back
NMB ad

प्रभु बैंकको नाफा उल्लेख्य वृद्धि : प्रतिसेयर आम्दानी पनि बढ्यो, यस्तो छ वित्तीय प्रगति (विवरणसहित)

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ चौथो सार्वजनिक गरेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँमा नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनमा ५१.११ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २३.०३ प्रतिशतले वृद्धि भई ६ अर्ब १८ करोड २ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा बैंकको यो आम्दानी ५ अर्ब २ करोड ३३ लाख ५ हजार रुपैयाँ रहेको थियो ।

गत आवको चौथो त्रैमासमा बैंकको संचालन मुनाफा पनि ४७.७५ प्रतिशतले वृद्धि भई ३ अर्ब ८४ करोड ६२ लाख ५० हजार रुपैयाँ कायम भएको छ । उक्त अवधिमा बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब १४ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोष भने ७ अर्ब १३ करोड ७१ लाख १५ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकले १ खर्ब ७८ अर्ब ६५ करोड २१ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

उक्त अवधिमा बैंकले खराब कर्जा पनि ०.४८ प्रतिशतले घटाएर १.२ प्रतिशतमा झारेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा बैंकको खराब कर्जा १.६८ प्रतिशत रहेको थियो ।

गत आवको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ३० पैसाले वृद्धि भई २० रुपैयाँ ४६ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १५६ रुपैयाँ १६ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ७ शनिवार ११:४७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...