back
NMB ad

सूर्योदय वोमी लघुवित्तको मुख्य सूचकमा गिरावट, नाफासंगै प्रतिसेयर आम्दानी पनि घट्यो

Kumari bank ad

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत आवमा कम्पनीले १३ करोड ९६ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा भने १३.०२ प्रतिशतले कमी हो । अघिल्लो आवको चौंथो त्रैमासमा कम्पनीले १६ करोड ५ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ४५.६७ प्रतिशतले वृद्धि भई ४६ करोड ७६ लाख ७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, कम्पनीको संचालन मुनाफा भने १६.०६ प्रतिशतले घटेर १८ करोड ७९ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि १.३८ प्रतिशतले वृद्धि भई ३.४५ प्रतिशत पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँ पुगेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ५५ करोड ८७ लाख ७३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट देखिएको छ । गत आवमा कम्पनीको यो आम्दानी २१ रुपैयाँ ३४ पैसाले घटेर १७ रुपैयाँ ६३ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७० रुपैयाँ ५५ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १३:२१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...