back
NMB ad

कति पाउला त राप्ती हाईड्रोको आईपीओ पहिलो कारोबारका लागि ओपन रेञ्ज ? यस्तो आयो संकेत !

Kumari bank ad

काठमाडौं । गत साउन ९ गते सोमबार राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट वितरण गरिएको थियो ।

कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १३ लाख २० हजार ९९४ जनाको हात खाली भएको छ ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि १०६ रुपैयाँ ३५ पैसादेखि ३१९ रुपैयाँ ५ पैसा ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ २ पैसा रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको छ ।

कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर जारी गरेको हो ।

कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि, १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

कम्पनीको आईपीओमा कुल १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए ।

वि.सं.२०७९ साउन १६ सोमवार १६:५४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...