back
NMB ad

१२.७८ प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको नाफा, मुख्य सूचकहरु कस्ता ?

Kumari bank ad

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले गत आवमा ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १२.७८ प्रतिशतले मात्र बढी हो ।

अघिल्लो आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी पनि २७.७३ प्रतिशतले बढेर ७ अर्ब ३ कराृेड ८१ लाख २३ हजार रुपैयाँ पुगको छ ।

उक्त अवधिमा बैंकको संचालन मुनाफा पनि १३.१६ प्रतिशतले वृद्धि भई ४ अर्ब ७१ लाख ५० लाख ४२ हजार रुपैयाँ कायम भएको छ । बैंकको वितरण योग्य मुनाफा भने २ अर्ब १० करोड ६८ लाख १० हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ९ अर्ब ३९ करोड १० लाख ४६ हजार रुपैयाँ राखेको छ ।

गत आवमा बैंकको प्रतिसेयर आम्दानी पनि झिनो गिरावट आई २५ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ भने १७४ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १२:२३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...