back
NMB ad

उल्लेख्य बढ्यो युनिलिभर नेपालको नाफा: प्रतिसेयर आम्दानी ९३४ रुपैयाँले वृद्धि, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । युनिलिभर नेपालले डेढ अर्ब नाफा कमाएको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ७४.१७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको नाफा ८६ करोड ९ लाख रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको आम्दानी पनि २७.९७ प्रतिशतले वृद्धि भई ७ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यो आम्दानी ५ अर्ब ७३ करोड ७ लाख रुपैयाँ मात्र रहेको थियो ।

गत आवमा कम्पनीको अन्य आम्दानी १०९ प्रतिशतले वृद्धि भएको भने कुल आम्दानी ७ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ९३४ रुपैयाँ ७४ पैसाले वृद्धि भई १ हजार ६२८ रुपैयाँ १ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ पनि ३ हजार ९४२ रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ साउन २३ सोमवार ११:५५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...