back
NMB ad

सानिमा माइ हाइड्रोपावरले कमायो ५४ करोड बढी नाफा, विद्युत बिक्री आम्दानी पनि बढ्यो

Kumari bank ad

काठमाडौं । सानिमा माइ हाइड्रोपावर कम्पनीले ५४ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ५४ करोड ५ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवमो सोही अवधिको तुलनामा ३२.९८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४० करोड ६४ लाख ७६ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी बढेकाले नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवमा कम्पनीले विद्युत बिक्रीबाट ९३ करोड ५० लाख २६ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.९६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको यो आम्दानी ८५ करोड ३ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा कम्पनीको संचालन मुनाफा पनि १२.५४ प्रतिशतले वृद्धि भई ६६ करोड ७३ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

 कम्पनीको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ३ पैसाले वृद्धि भई १७ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको सेयर नेटवर्थ १२९ रुपैयाँ ९९ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७९ साउन २३ सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...