back
NMB ad

तपाईलाई पर्यो त सयपत्री हाइड्रोपावरको आईपीओ ? यसरी सजिलै हेर्न सकिन्छ नतिजा

Kumari bank ad

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीको बिक्री प्रबन्धकान एनआइबीएल एस क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा २५ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १५ लाख बढीले आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओमा १५ लाख २३ हजार ७०३ जनाले १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो मागभन्दा २५.२२ गुणा बढी हो ।

कम्पनीले साउन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट वितरण भएको छ । ६७ हजार ५८ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । जसमध्ये ६ जना आवेदकले थप १ कित्ता अर्थात ११ कित्ता दरले सेयर पाएका हुन । बाँकी साढे १५ लाख आवेदकको हात खाली भएको छ ।

आईपीको नतिजा हेर्नका लागि :

1. कम्पनीको वेबसाइट:  http://sayapatrihydropower.com/

2. बिक्री प्रबन्धको वेबसाइट : https://www.niblcapital.com/

3.  मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login

4. सिडिएसको वेबसाइट : https://iporesult.cdsc.com.np/

वि.सं.२०७९ साउन २४ मंगलवार १०:३२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...