काठमाडौं । भोलि अर्थात साउन ४० गते राधी विद्युत कम्पनीको वार्षिक साधारण सभा हुँदैछ ।
कम्पनीको साउन ८ गते बसेको सञ्चालक समितीको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिस्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा, बिहान ११ः ३० बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।
सोही सभाले लेखा लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।
सभाका लागि कम्पनीले साउन २० गते १ दिनका लागि बुक क्लोज गरेको छ । साउन १९ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०७९ साउन २९ आइतवार १२:१३ मा प्रकाशित