back
NMB ad

कति पाउला त सयपत्री हाइड्रोपावरको आईपीओले पहिलो कारोबारका लागि ओपन रेञ्ज ?

Kumari bank ad

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओ गत साउन २४ गते मंगलबार बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट वितरण भएको थियो ।

गोलाप्रथाबाट ६७ हजार ५८ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । जसमध्ये ६ जना आवेदकले थप १ कित्ता अर्थात ११ कित्ता दरले सेयर पाएका हुन । बाँकी साढे १५ लाख आवेदकको हात खाली भएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १५ लाख बढीले आवेदन दिएका थिए ।

कम्पनीको आईपीओमा १५ लाख २३ हजार ७०३ जनाले १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो मागभन्दा २५.२२ गुणा बढी हो ।

हाल कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरणका प्रक्रियामा छ । कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ६४ रुपैयाँ ९६ पैसादेखि १९४ रुपैयाँ ८८ पैसासम्म ओपन रेञ्ज पाउने देखिएइको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तिविक प्रतिसेयर नेवटर्थ ६४ रुपैयाँ ९६ पैसा रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्न तोक्ने गर्दछ । जसको आधारमा कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ६४ रुपैयाँ ९६ पैसादेखि १९४ रुपैयाँ ८८ पैसासम्म ओपन रेञ्ज पाउने देखिएको हो ।

कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्काशन गरेको हो ।

यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।

वि.सं.२०७९ साउन २९ आइतवार १४:३७ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...