back
NMB ad

मापसे रोक्ने ट्राफिकलाई १५ प्रतिशत प्रोत्साहन भत्ता

Kumari bank ad

काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघनकर्ता उठेको रकममध्ये १५ प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । यो निर्णयसँगै ट्राफिक प्रहरीले करिब ९ करोड रुपैयाँ पाउने भएका छन् । असार २६ को मन्त्रिपरिषद बैठकले १५ प्रतिशत भत्ता ट्राफिक प्रहरीलाई दिन स्वीकृति जनाएको हो ।

आर्थिक वर्ष २०७१र७२ मा जरिवानावापत उठेको करिब ६० करोड रुपैयाँबाट ट्राफिक प्रहरीले उक्त रकम पाउने भएका हुन् । महानगरीय प्रहरी ट्राफिक महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कारबाही तीब्र बनाएपछि ट्राफिकलाई प्रोत्साहित गर्ने भन्दै सरकारले उठेको जरिवानाको १५ प्रतिशत उसैलाई दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले त्यो रकम दिन सहमति दिएको हो । मापसे गरेर सवारी चलाएबापत २ सय जरिवाना बढाएर एक हजार गरिएको थियो । उक्त अभियानसँगै ट्राफिक प्रहरीको खटाई बढेको भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यसखाले निर्णय गरेको थियो । आजको कान्तिपुर दैनिकबाट ।

प्रकाशितः २०७३ साउन १७

वि.सं.२०७३ साउन १७ सोमवार १०:१७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...