back
NMB ad

आइएमई लाइफले कमायो १२ करोड ८५ लाख नाफा, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले १२ करोड ८६ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १.३४प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले १३ करोड ४ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन २६.५२ प्रतिशतले वृद्धि भई ३ अर्ब ५३ करोड ८१ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, गत आवमा कम्पनीले ९६ करोड ९० हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । उक्त अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम भने २ करोड १९ लाख ५० हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ७७ करोड ६८ लाख १९ हजार रुपैयाँ राखेको छ ।

यस्तै, जीवन बीमा कोषमा ४ अर्ब ७१ करोड ३१ लाख ८३ हजार रुपैयाँ र महाविपत्ति जगेडामा ८ करोड ६३ लाख १३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६५ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ३१ मंगलवार १४:०२ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...