back
NMB ad

मध्य मेवा जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य सफतलापूर्वक सम्पन्न

Kumari bank ad

काठमाडौं । उर्जा डेभलपर्सको सम्बद्ध संस्था मेवा डेभलपर्स लिमिटेडद्वारा ताप्लेजुङ्गमा निर्माण भइरहेको मध्य मेवा जलविद्युत आयोजना (७३.५ मे.वा) को भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य आज सफतलापूर्वक सम्पन्न भएको छ ।

६१.५ मिटर लम्बाई, १५ मिटर चौडाई, २७ मिटर उचाई भएको उक्त क्याभन खन्ने कार्य ९ महिनाभन्दा कम समयमा सम्पन्न भएको हो । सो क्याभनमा विद्युत गृह निर्माण गरी जर्मन प्रविधिबाट निर्माण गरिएका २४.५ मे.वा. क्षमताका तीनवटा टर्वाइनहरु जडान गरिनेछन् ।

साथै, आयोजनाका सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल, प्रसारण लाइन लगायतका कार्यहरु समेत द्रुत गतिमा भइरहेको छ । सुख्खायाममा समेत ७३.५ मे.वा. पूर्ण क्षमतामा दैनिक ६ घण्टा पिकिङ्ग उर्जा उत्पादन गर्न सकिने यस आयोजनाको निर्माण सम्पन्न भएपश्चात वार्षिक ४३६.०८ गिगावाट–घण्टा विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा योगदान गर्नेछ ।

भुमिगत विद्युत गृहको क्याभन निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा बोल्दै कम्पनीका अध्यक्ष विजय बहादुर राजभण्डारीले भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य चूनौतीपूर्ण भएको उल्लेख गर्दै सो कार्य सम्पन्न गर्नका लागि योगदान पु¥याउनु हुने डेभलपर्स, ठेकेदार, परामर्शदाता, कम्पनीका सम्पूर्ण कर्मचारीहरु लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यस किसिमकोे विद्युत गृह नेपालमा भएका थोरै भूमिगत विद्युत गृहमध्ये एक रहेको उहाँले बताउनुभयो । कम्पनीका प्रबन्ध सञ्चालक भानु पोखरेलले भूमिगत विद्युत गृहको क्याभन खन्ने कार्य आफैमा जटिल भएको र सो कार्य सफलतापूर्वक सम्पन्न हुनुले आयोजनाका बाँकी कार्यहरु निर्धारित समयमै सम्पन्न गर्नका लागि थप उत्साह बढाएको बताउनुभयो ।

आयोजनाको निर्माण व्यापारिक उत्पादन आरम्भ गर्नुपर्ने मिति , मार्च २०२४ भित्रै सम्पन्न हुने गरी सम्पूर्ण कार्यहरु भइरहेको उहाँले जानकारी गराउनुभयो ।

मेवा डेभलपर्सले आगामी वर्ष साधारण शेयर आइपीओ निष्काशन गर्ने तयारी समेत गरिरहेको छ ।

वि.सं.२०७९ भदौ २ बिहीवार ११:४२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...