काठमाडौं । भदौ २२ गते अर्थात बुधबार बागमति प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
चेपाङ समुदायले मनाउने न्वागी(छोनाम) पर्वको अवसरमा प्रदेश सरकारले उक्त दिन प्रदेशको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको २०७८ चैत ९ गतेको मन्त्रिपरिषदको निर्णयाअनुसार उक्त दिन बिदा दिएको हो ।
वि.सं.२०७९ भदौ २० सोमवार १५:४६ मा प्रकाशित