back
NMB ad

मालपोत कार्यालयको सेवा यथावत् राख्नुपर्ने माग गर्दै प्रर्दशन

Kumari bank ad

इन्दिप कोइराला बारा । बाराको सिम्रौनगढ नगरपालिकामा हालै संचालनमा आएको मालपोत कार्यालयबाट सेवा लिन अपायक भएको भन्दै महागढीमाई नगरपालिका बासिन्दाले सुरु गरेको सदरमुकाम कलैया केन्द्रित आन्दोलन बिहीबार चौथो दिन पनि जारी रहेको छ ।

यसअघि महागढीमाई नगरपालिका वडा नम्बर– ९ पिप्राबिर्ताका बासिन्दाले जिल्ला सदरमुकाम कलैयामा सुरु गरेको प्रदर्शनमा बिहीबार सुवर्ण र देवताल गाउँपालिकाका सेवाग्राही पनि सहभागी बनेका हुन । उनीहरुले पनि कलैयाबाट सिम्रौनगढ सेवा क्षेत्रमा राखिएको विरोध जनाएका छन् ।

देवताल गाउँपालिकका अध्यक्ष उदय यादवले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर स्थानीयलाई कलैयाबाट नै यथावत सेवा दिने व्यवस्था मिलाउन सोमवार माग गरेका थिए ।

सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, महागढीमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिलीप शुक्ला र देवताल गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष अरुण सिंहको नेतृत्वमा निस्किएको जुलुसले बुधबार मालपोत र नापी कार्यालयमा पुगेर कार्यालयको सेवा अवरुद्ध बनाएको थियो ।

नारा जुलुसहित सेवाग्राहीको जुलुस पुगेपछि कार्यलयको काम दिउसो १२ बजेबाट ठप्प बनेको थियो । जुलुसका सहभागीहरूले ुकलैयाबाट यथावत् सेवा दिने व्यवस्था गर, सिम्रौनगढको सेवा चाहिँदैन, जनतालाई अपायक सेवा दिन पाइँदैनु जस्ता नारा लगाएका थिए ।

सिम्रौनगढ मालपोत कार्यालयको सेवा क्षेत्रमा राखिएपछि यस क्षेत्रका बासिन्दा ३ दिनदेखि आन्दोलनमा छन । उनीहरुले यसअघि जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयमा बुझाएको ज्ञापनपत्रमा उल्लेख भए अनुसारको माग पुरा नभएपछि आन्दोलनको घोषणा गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आन्दोलनकारीका प्रतिनिधिहरूलाई कार्यालयमा बोलाएर बिहीबार सर्वदलीय बैठक बस्ने र सिम्रौनगढमा अपायक परेको भनिएको क्षेत्रका सेवाग्राहीहरूको बारेमा निर्णय लिने बताएको पिप्राबिर्ताका शिक्षक पन्नालाल दासले जानकारी दिए ।

उनले बिहीबारको बस्ने भनिएको सर्वदलीय बैठकको निर्णय अनुसार आन्दोलनको थप कार्यक्रम घोषणा हुने जानकारी पनि दिए । साविकको पिप्राविर्ता गाविसबाट १० मिनेटमा नै पुग्न सकिने कलैयाबाट हटाएर १ घण्टाभन्दा बढी समय लाग्ने सिम्रौनगढमा राखिएकोमा उनीहरुले असहमति जनाउदै आएका छन् ।

त्यसैगरी सुवर्ण र देवतालका बासिन्दाहरुले पनि सिम्रौनगढको तुलनामा आफूहरुलाई सेवा लिन कलैया नै पायक पर्ने बताउँदै आएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले एक साताअघि सिम्रौनगढ मालपोत कार्यालयको उद्‌घाटन गरेका थिए ।

वि.सं.२०७९ भदौ २३ बिहीवार ११:४८ मा प्रकाशित

You can share this post!

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०८१ जेठ ७ सोमवार १४:२३

सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

नाराबाजीबीच प्रधानमन्त्री दाहाललाई चौथो पटक विस्वासको मत प्राप्त

वि.सं.२०८१ जेठ ७ सोमवार १३:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत...