back
NMB ad

मर्जर प्रस्ताव पारित गर्न यी दुई इन्स्योरेन्सले बोलायो साधारण सभा

Kumari bank ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गर्न असोज ११ गते विशेष साधारण सभा डाकेको छ।

जसमा सानिमाको सभा कुण्डलीनी दरवार बैङक्वेट, चन्डोल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । यस्तै, जनरल इन्सुरेन्सको सभा अमृतभोग कालिकास्थान, डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट नै सुरु हुनेछ ।

दुवै कम्पनीले सभामा एक आपसमा मर्ज हुने प्रस्ताव पेश गर्दैछन् । मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्सुरेन्स राख्ने प्रस्ताव पेश हुँदैछ ।

साथै, मर्जर पश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१ः४९ कायम गर्न प्रस्ताव पनि सभामा पेश हुनेछ । सानिमा र जनरल इन्सुरेन्स एक आपसमा गाभिने भएपछि हाल दुवैको सेयर कारोबार रोक्का गरिएको हो ।

यी दुई कम्पनीहरुबीच असार २९ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हाल सानिमा जनरलको १ अर्ब र जनरल इन्सुरेन्सको चुक्ता पुँजी पनि १ अर्ब रुपैयाँ छ ।

कम्पनीहरुले १ बराबर १ को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका छन् । मर्जर पश्चात कायम हुने कम्पनीको पुँजी २ अर्ब रुपैयाँ हुनेछ ।

वि.सं.२०७९ भदौ २७ सोमवार ११:४९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...