back
NMB ad

विकास निर्माणका कार्यलाई गुणस्तरीय बनाउने विषयमा छलफल

Kumari bank ad

काठमाडौं । विकास निर्माणका कार्यलाई गुणस्तरीय बनाउने विषयमा शुक्रवार व्यवस्थापिका संसद अन्तर्गत विकास समितिका पदाधिकारीहरु, नेपाल सरकारका सचिवहरु तथा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुबीच राजधानीमा अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियामा सहभागीहरुले गुणस्तरीय निर्माणका लागि आ–आफनो क्षेत्रबाट सम्भव भए सम्मका सबै प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । गुणस्तरीय निर्माणमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै सम्झौता नगर्ने उनीहरुको भनाइ रहेको छ । निर्माण कार्यमा भ्रष्टाचारको समस्या रहेको स्विकार गर्दै उनीहरुले भ्रष्टाचार अन्त्यका लागि पहल गर्ने समेत बताएका छन् । गुणस्तरीय निर्माण कार्यका लागि अहिले सम्म सरोकारवालाहरुबीच उचित समन्वय हुन नसकेको बताउँदै उनीहरुले आगामी दिनमा यस्तो परिपाटी अन्त्य गर्नुपर्ने धारणा राखेका छन् ।

अन्तरक्रियामा निर्माण व्यवसायीहरुले महाभूकम्प तथा भारतीय नाकाबन्दीका कारण निर्माण उद्योग धाराशायी भएको, व्यवासीहरुमाथि भौतिक आक्रमणका घटना बढेको, निर्माण सामाग्रीको अभाव यथवात् रहेको, व्यवसायीहरुसँग सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन नभएको लगायतका विषयमा विकास समितिका पदाधिकारीहरु तथा सचिवहरुको ध्यानाकर्षण गराएका थिए ।

अन्तरक्रियामा विकास समितिका सभापति रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुन कार्की, स्थानीय विकास मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ लगायतको सहभागिता रहेको थियो । महासंघको तर्फबाट अध्यक्ष शरदकुमार गौचन, सल्लाहकार समेत रहनु भएका पूर्व अध्यक्षहरु जीप छिरिङ लामा शमाृ, रमेश शर्मा, सुकुन्तलाल हिराचन र यक्षध्वज कार्की उपाध्यक्षहरु भीम साउद, तेजकुमार कुरुम्बाङ, निकोलास पाण्डे, महासचिव रामशरण देउजा, उपमहासचिवद्धय विष्णु बुढाथोकी, सूर्यप्रसाद तिमल्सिना सहित व्यवसायीहरु प्रमोद लामिछाने, सुमन सुवेदी लगायतको सहभगिता रहेको थियो ।

वि.सं.२०७३ साउन २१ शुक्रवार २०:१२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...