back
NMB ad

वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक अर्घाखाँची शाखा

Kumari bank ad

अर्घाखाँची । मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाले एग्रो फरेष्टि बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्लाका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको बैंकले शुक्रबार उक्त विद्यालयमा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा मेगा बैंक अर्घाखाँची शाखाका प्रबन्धक लक्ष्मण क्षेत्रीले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए ।

जिल्लाको छत्रदेव गाउँपालिका स्थित एग्रो फरेष्टि बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई वित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेकोमा फरेष्टि बहुप्राविधिक शिक्षालयका उपप्रधानाध्यापक सरोज भट्टराईले मेगा बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका कर्मचारी सृजन भुसाल, नारायण आचार्य र ईश्वरी प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७९ भदौ ३१ शुक्रवार १८:५३ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...