back
NMB ad

फाइनलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ सेट

Kumari bank ad

काठमाडौं। महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ । आयोजक नेपाल र बंगलादेशबीच उपाधिको लागि भिडन्त हुँदैछ । नेपाल साफ च्याम्पियनसिपमा पाँच पटक फाइनल पुगेको टिम हो भने बंगलादेशको यो दोस्रो फाइनल हो ।

यसअघि साविक पाँच पटकको विजेता भारत सेमिफाइनलबाट बाहिरिसकेको छ । युवा र अनुभवी खेलाडीको सम्मिश्रणमा दुबै टोलीले उपाधि जित्ने योजना बनाएका छन् ।

नेपालका प्रशिक्षक कुमार थापा बंगलादेशविरुद्ध घरेलु दर्शकको बाक्लो उपस्थितिमा उपाधि जित्नेमा विश्वासी छन् । फाइनलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई नै बंगलादेशविरुद्ध विश्वास गर्नेछन् । यद्यपि, अनुभवी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर मञ्जलीकुमारी योञ्जन टोलीमा फर्कनेछन् । तर, अघिल्ला दुबै खेलमा बाहिर रहेका सावित्रा र मञ्जलीलाई प्लेइङ सेटमा राख्ने योजनामा छैनन् । थापा अघिल्लो खेलमा टिमवर्क देखिएकाले सोहि टिमलाई मौका दिन सक्छन् ।

गोलरक्षकको जिम्मेवारी अघिल्ला खेलझै कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले निर्वाह गर्नेछिन् । नेपाली टिम ४–४–२ को रणनीतिमा उत्रने छ । डिफेन्डरमा अमृता जैशी, पुनम जर्घा मगर, गीता राई र हिराकुमारी भुजेल हुनेछन् । पुनम र गीताले सेन्ट्रल ब्याकमा हुनेछन् । यस्तै, अमृता राइट ब्याक र हिरा लेफ्ट ब्याकमा हुनेछन् ।

यता, मिडफिल्डरमा अनिता केसी, सरु लिम्बू, दीपा शाही र अनिता केसी हुनेछन् । केसी र बस्नेत क्रमशः राइट र लेफ्ट विंगरमा हुनेछन् । अट्याकर रश्मीकुमारी घिसिङ र प्रीति राईले नै अवसर पाउनेछन् । भारतविरुद्ध ऐतिहासिक जित निकाल्दा दुई खेलाडीको अग्रपंक्तिमा राम्रो तालमेल मिलेको थियो । यदि गोल ननिस्केको अवस्थामा सावित्राले पहिलो हाफ मै मौका पाउन सक्छिन् ।

फाइनलसँगै तीन खेलाडीले राष्ट्रिय महिला टिमबाट सन्यास लिँदैछन् । डिफेन्डर पुनमसहित मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले सन्यास लिने बताएका छन् । तीन खेलाडी नेपाली सेनाको ‘मिसन’ मा जाँदैछन् । दीपाले सन्यास लिने यो सुनौलो अवसर रहेको बताइन् ।

नेपालको सम्भावित टिम
गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा
डिफेन्डरः अमृता जैशी, पुनम जर्घा मगर, गीता राना, हिराकुमारी भुजेल
मिडफिल्डरः अनिता केसी, सरु लिम्बू, दीपा शाही, अनिता बस्नेत
स्ट्राइकरः रश्मीकुमार घिसिङ, प्रीति राई

वि.सं.२०७९ असोज ३ सोमवार १२:४९ मा प्रकाशित

You can share this post!

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, पानीको अभाव हुन सक्ने चेतावनी     

दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम मापन, पानीको अभाव हुन सक्ने चेतावनी     

वि.सं.२०८१ जेठ १६ बुधवार १२:१९

नयाँ दिल्ली, १६ जेठ : भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम...

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना   

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना   

वि.सं.२०८१ जेठ १६ बुधवार १२:०७

मुस्ताङ, १६ जेठ : व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र...

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान   

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान   

वि.सं.२०८१ जेठ १६ बुधवार १२:००

काठमाडौँ, १६ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न...

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

मर्मतपछि रिडी पावरको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा

वि.सं.२०८१ जेठ १६ बुधवार ११:१०

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट...

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

सुनको मूल्य वृद्धि, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ १६ बुधवार ११:०२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ महँगिएको छ...

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

भिजन ईनर्जिले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ १६ बुधवार १०:४१

काठमाडौं ।  भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने...