back
NMB ad

पाँच ठाउँबाट प्रत्यक्षमा सिफारिस आरजु देउवा अन्ततः समानुपातिक उम्मेदवार !

Kumari bank ad

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । कांग्रेसल सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको स्रोतले बतायो ।

आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । तर, कांग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा समावेश गरेको छ । कैलाली ५ मा असन्तुष्ट नेता पुष्करनाथ ओझा समूहले असहयोग गर्ने भएपछि आरजुलाई समानुपातिकमा राख्न कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका हुन् ।

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ । समानुपातिकतर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले क्लस्टरअनुसार आठ सहमहामन्त्रीले सूचीलाई फाइनल गर्दैछन् ।

कांग्रेसले नेता विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, जीवन परियारलगायतलाई समानुपातिकमा राखेको छ ।

वि.सं.२०७९ असोज ३ सोमवार १५:४५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...