back
NMB ad

भिभोद्वारा बजेट–मैत्री वाई सिरिज अन्तर्गत स्मार्टफोन सार्वजनिक

Kumari bank ad

काठमाडौं । भिभोले आज लोकप्रिय वाई सिरिज अन्तर्गत दुई नयाँ मोडलहरू – वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ ।

भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित छन् । भिभाले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको छ र यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ स्मार्टफोनहरू विकास गर्दै आइरहेको छ । पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई२२एस र वाई१६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरुका लागि उपयुक्त स्मार्टफोन हुन् ।

भिभो नेपालका सीईओ माइकलले भन्नुभयो, “नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउँन सफल भएको छ । प्रयोगकर्ताहरुले दिनुभएको मायालाई बर्करार राख्न हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरेका छौं । स्टाइलिश डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाई१६ र वाई२२एस ग्राहकहरुको व्यस्त समयतालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुनेछ । हरेक पक्षमा उत्कृष्ट स्मार्टफोन खोज्न ग्राहकहरुका लागि हामीले वाई सिरिज एक गो–टु शोलुसनको रुपमा विकास गरेका छौं ।”

वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीवी र्याम र १२८ जीवी रोम रहेको छ जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाइ एकै साथ धेरै एपहरू चलाउन अनुमति दिन्छ । विस्तारित र्याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १ टेराबाईट सम्म मेमोरी कार्डको साहेताले एक्सटेन्ड गर्न मिल्छ । वाई२२एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ । यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्यूटी छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्वीरहरू लगातार क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनि उत्कृष्ट तस्वीरहरु लिन अनुमति दिन्छ । यसबाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरू वाई२२एस मा समावेश छन् जसमार्फत प्रयोगकर्ताहरूले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरु खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ ।

अर्कोतर्फ, वाई१६ ले केही प्रभावशाली स्पेसिफिकेशनहरू, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ । वाई१६ को एपिअरेन्स आकर्षक रहेको छ । यो स्मार्टफोन ४जीवी र्याम र ६४जीवी रोम भेरियन्टमा आउँछ । यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा–कोर प्रोसेसरले सहज मल्टी–टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ । वाई१६ मा क्यामेरा सेटअपले अझ बढि आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३एमपी एआई डुअल क्यामेराको साथ आकर्षक शटहरू क्लिक गर्न सक्षम बनाउँछ ।

वाई२२एस स्टारलिट ब्लू र समर सायन कलरमा रु २७,९९९ मुल्यमा मिनिमालिस्टिक आउटलुकको साथ उपलब्ध छ । त्यस्तै वाई१६ प्राकृतिक लुक– स्टेलर ब्ल्याक र ड्रिजलिंग गोल्ड कलर भेरियन्टमा रु १९,९९९ मा उपलब्ध छ ।

वि.सं.२०७९ असोज ७ शुक्रवार १४:५९ मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...