back
NMB ad

पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा बञ्जीजम्प

Kumari bank ad

चौतारा । पर्यटकलाई आकर्षित गर्ने उदेश्यले हेलम्बुमा ‘बन्जी जम्प’ को संरचना निर्माण सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका–१ मा निर्माण भएको झोलुङ्गे पुलमा साहसिक खेल ‘बन्जीजम्प’ को संरचना निर्माण सम्पन्न भएको हो ।

एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख खर्च भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार बञ्जीजम्पको उचाइ एक सय ७३ मिटर र झोलुङ्गे पुल तीन सय ७० मिटर लामो रहेको छ ।

सो स्थानमा बञ्जीजम्प निर्माण भएसँगै पर्यटक आगमन बढने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानकोसमेत अवलोकन गर्न सक्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

निर्माण सम्पन्न भएको झोलुङ्गे पुल सम्भवतः देशको हालसम्मकै लामो रहेको गाउँपालिकाका इञ्जिनियर शेरबहादुर राईले बताउनुभयो । उहाँका अनुसार देशमा हाल दुई सय ५० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छैन । हेलम्बु गाउँपालिका–१ हेलम्बुको ङिमादावा पाङगाङमा बनाइएको झोलुङ्गे पुल पाङगाङ र धवागाङ गाउँलाई जोड्दछ ।

नेपालमा एक सय ६० मिटर अग्लो बञ्जी सिन्धुपाल्चोककै भोटेकोसी नदीमा विसं २०५६ देखि सञ्चालन हुदै आएको छ । हेलम्बुमा निर्माण भएको बञ्जीको उचाइ भोटेकोसीको तुलनामा १३ मिटर बढी रहेको छ ।

सरकारको सय पर्यटकीय गन्तब्यमा परेको हेलम्बुमा पर्यटकलाई थप आकर्षण गर्न साहसिक खेलकुद बञ्जीजम्पको संरचना निर्माण गरिएको हेलम्बु गाउँपालिले जनाएको छ ।

वि.सं.२०७९ असोज ७ शुक्रवार १५:३० मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...