back
NMB ad

काठमाडौंका उम्मेदवार चयनमा राप्रपा अन्तिम चरणमा, कुन क्षेत्रमा कसको नाममा छलफल ?

Kumari bank ad

काठमाडौं । राप्रपाले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा उम्मेदवार चयनलाई अन्तिम चरणमा पुर्याएको छ । तीनवटा क्षेत्रमा एक एकजना उम्मेदवारको नाम टुंगो लगाएको राप्रपाले बाँकी क्षेत्रमा दुई/तीनजनाको नाममा झारिएको राप्रपा स्रोतले जानकारी दियो ।

उम्मेदवारको घोषणाका बेलासम्म केही नाम परिवर्तन हुने सक्ने सम्भावना भए पनि अहिले टुंगो लगाएकै नामबाट उम्मेदवार घोषणा हुने राप्रपा स्रोतले जानकारी दिए ।

काठमाडौं १ का लागि भुवन लामिछने वा रवीन्द्र मिश्र (मिश्र राप्रपामा आएमा) नाम टुंगो लगाएको राप्रपाले काठमाडौं २ मा नवराज सिम्खडा र कुन्ती पोख्रेलको नाममध्ये एकजनालाई चयन गर्नेगरी छलफल गरिरहेको छ ।

यसैगरी, काठमाडौं ३ मा अनिल पराजुली र दुर्गा लामा, ४ मा भुवन पाठक र डा.अर्चन शमशेर राणा, ५ मा डा रामप्रसाद उप्रेती, केशव रेग्मी र सुरज पान्डेमध्ये एकजनाको टुंगो लगाउने गरी राप्रपाले छलफल गरिरहेको छ ।

काठमाडौं ६ मा प्राध्यापक विष्णु प्रसाद आचार्य र सन्जय श्रेष्ठ, ७ मा ध्रुव बिक्रम मल्ल र ९ मा देवेन्द्र प्रधान, अमर सिह थापा, जितबहादुर लामामध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा राप्रपाले छलफल गरिरहेको छ ।

यसैगरी हालसम्म काठमाडौं ८ मा प्रकाश रिमाल र १० मा बलराम थापाको भने टुंगो लगाइसकेको छ । तर, आपसी सहमतिमा घोषणा हुने बेलासम्म उम्मेदवार परिवर्तनको ढोका खुलै राखेको राप्रपा स्रोतले बतायो ।

वि.सं.२०७९ असोज ७ शुक्रवार १७:२९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...