back
NMB ad

दशैं आइसक्यो तर मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै आएन चामल

Kumari bank ad

खड्क सुनार

मुगु । मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।

दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए । ती पसलबाट हरेक चामलको मूल्यमा प्रति एक केजीमा सात रुपैँया छुट दिइएको छ । कार्यालय प्रमुख भामका अनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछि धेरै चामल बिक्री भएको छ ।

सुपथ मूल्य पसलमा मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका र मुगुमकार्मारोगं गाउँपालिकाबाट प्रत्येक दिन तीन सयदेखि चार सयजना चामल लिन आउने गरेको कार्यालयले जानकारी दिएको छ । चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालनका लागि कम्पनी कार्यालय मुगुले १५ सय क्विन्टल चामल बिक्री गर्ने भएको छ ।

कर्णालीका अन्य जिल्लाभन्दा मुगु सडक सञ्जालसँग नजोडिनुले स्थानीयले सास्ती खेप्दै आइरहेका छन् । मुगुमकार्मारोगं गाउँपालिकाको पुलु डिपो केन्द्रमा अझैसम्म खाद्यान्न पुग्न सकेको छैन । पुलु डिपो केन्द्रका लागि ठेक्का प्रक्रिया नभएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ । पुलु डिपो केन्द्रमा चामल मौज्दात नहुँदा स्थानीयले पसलबाट चर्को मूल्य हालेर किन्न बाध्य भएका छन् ।

वि.सं.२०७९ असोज ८ शनिवार १९:२६ मा प्रकाशित

You can share this post!

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२०

काठमाडौँ, १ जेठः सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी...

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१६

काठमाडौँ, १ जेठ : सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष...

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१४

काठमाडौँं, १ जेठ : नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम,...

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५६

काठमाडौँ, १ जेठ : सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत...