back
NMB ad

जग्गा वर्गीकरणमा किन हुँदैछ ढिलाइ ?

Kumari bank ad

सुर्खेत । स्थानीय तहहरूले भू–उपयोग नीतिअनुरूप जग्गाको वर्गीकरणमा ढिलाइ गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गएको जेठ २३ मा भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

सबै मातहतका कार्यालयमा सोसम्बन्धी पत्राचारसमेत जारी गरिसकेको छ । जसअनुसार हरेक स्थानीय तहले जग्गालाई बसोबास, आवास, कृषिलगायतका १० क्षेत्रमा वर्गीकरण गर्नुपर्ने छ । तर, कर्णालीका स्थानीय सरकारले भने त्यसको प्रक्रिया अझै थालेका छैनन् ।

जाजरकोटस्थित भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले जग्गा वर्गीकरणको लागि कुनै पनि काम सुरु नभएको जनाइन् ।

उनका अनुसार अब दसैँतिहारजस्ता चाडपर्व सकिएपछि मात्रै काम थाल्ने तयारी भइरहेको छ । अन्य पालिकाहरूले पनि केन्द्र सरकारको सर्कुलर अनुसार काम गर्ने तयारी गरिएको जनाएका छन् ।

सुर्खेतको चौकुने गाउँपालिकाले भने जग्गा वर्गीकरण प्रक्रिया सुरु गरिए पनि विविध समस्याका कारण अहिले काम रोकेको छ । गाउँपालिका अध्यक्ष खड्क विकका अनुसार जग्गा वर्गीकरणको लागि समिति गठन गरिएका छन् । ‘प्रत्येक वडामा जग्गा वर्गीकरण गर्न भन्दै समिति गठन गरेका छौँ । तर, हालै आएको बाढीपहिरोका कारण त्यो काम अगाडि बढेको छैन,’ उनले भने ।

अहिले पालिकामा बाढीपहिरोका कारण काम स्थगित गर्नुपरेको जनाए । जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले पनि अहिले जनशक्ति अभाव भएको भन्दै निर्वाचनपछि मात्रै पालिकाभित्रको जग्गा वर्गीकरणको काम सुरु हुने बताए । कालीकोटको खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले जग्गा वर्गीकरणको लागि प्रक्रिया थालिएको बताए ।

उनका अनुसार त्यसका लागि अहिले पालिकाले सरोकारवालासँग छलफल गरिरहेको छ । कतिपय स्थानीय तहहरूमा जग्गा वर्गीकरणका लागि कर्मचारीको अभाव रहेको समेत बताइएको छ । उक्त कामका लागि विशेष गरी प्राविधिकतर्फका कर्मचारी नहुँदा समस्या भइरहेको छ ।

वि.सं.२०७९ असोज ८ शनिवार १९:३५ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...