back
NMB ad

मानव बेचविखनको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

Kumari bank ad

काठमाडौं । मानव बेचबिखनको आरोपमा काठमाडौंको सिनामङ्गलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक उदितनारायण शाह पक्राउ परेका छन् । उक्त ओभरसिजका पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिष्ट राखीकुमारी सिंह पक्राउ परेका छन् ।

उनीहरुले कम्बोडियामा कम्प्युटर अपरेटरसम्बन्धी काममा नौ सयदेखि एक हजारसम्म अमेरिकी डलर कमाई हुने भनी प्रलोभनमा पारेर अश्लील गतिविधिमा संलग्न गराई अन्य व्यक्तिबाट पैसा ठगी गर्ने कार्यमा संलग्न गराइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

उनीहरुले पटकपटक गरेर पीडितबाट रु तीन लाख ८३ हजार रकमसमेत लिएको पाइएको छ । शाहले पीडितको कम्बोडियासम्मको भिजिट भिसा र टिकट बनाएर गत चैत २७ मा संयुक्त अरब इमिरेट, सिङ्गापुर हुँदै कम्बोडियाको रोज एन्ड रोज भन्ने चाइनिज कम्पनीमा पु¥याएका थिए ।

उक्त कम्पनीले पीडितलाई अमेरिका, क्यानडा र युरोपका विभिन्न मुलुकका मानिसहरुलाई केटी बनेर सामाजिक सञ्जालबाट अश्लील स्टोरीहरु सुनाइ प्रेममा फसाउन लगाई क्रिप्टो करेन्सीलगायतमा रकम लगानी गर्न लगाउने गरेको खुलेको छ ।

चार महिनासम्म जबर्जस्ती काममा लगाएपछि थाइल्यान्ड र कम्बोडियास्थित राजदूतावासको सहयोगमा भदौ २२ गते उनी नेपाल फर्किएका थिए । त्यसपछि उनले मानवबेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा जाहेरी दिएको र उनको जाहेरीका आधारमा म्याद थप गरी अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

वि.सं.२०७९ असोज ११ मंगलवार १९:२५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...