back
NMB ad

पराजुली र आचार्यलाई सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार

Kumari bank ad

काठमाडौं । यस वर्षको सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कारबाट अनलाइनखबर डटकमका विजय पराजुली र टक्सार म्यागेजिनका अनुप आचार्य पुरस्कृत हुनुभएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को रु. १ लाख रुपैया धनराशीको आर्थिक सहयोगमा स्थापित उक्त पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आश्विन १२ गते सम्पन्न १४ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले पुरस्कृत पत्रकारहरुलाई कदरपत्र तथा चेक हस्तान्तरण गर्नुभयो । उक्त पुरस्कारको राशी ५०–५० हजार रुपैयाँको रहेको छ ।

सोही अवसरमा नाफिजको वार्षिक जर्नल समेत बिमोचन भएको छ । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित छ । जर्नल विमोचन तथा पुरस्कार वितरण समारोहमा डेपुटी गर्भनर बमबहादुर मिश्रले पत्रकारिता पेशा आफैंमा चुनौतीपूर्ण र संवेदनशील रहेको बताउँदै भन्नुभयो, ‘धेरैले मिडिया सम्बन्धी विषय पढेर आएका हुन्छन्, पेशामा आएपछि थप विषयमा जानकारी लिनुपर्ने देखिन्छ’ उहाँले भन्नुभयो, ‘त्यो विषय पनि सबैले बुझ्ने गरी सम्प्रेषण गर्नु आफैंमा चुनौंतीपूर्ण देखिन्छ ।’

नाफिजले पत्रकारहरुलाई अन्य विषय सिकाउने माध्यम बनेको त्यो आफैंमा राम्रो काम रहेको उहाँको भनाई छ । त्यस्तै, नाफिजले सार्जजनिक गरेको जर्नलको मूलभाव आत्मनिर्भर अर्थतन्त्र रहेको र आत्मनिर्भर अर्थतन्त्रका लागि गर्न बाँकी धेरै रहेको उनले बताउनुभयो ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष तथा पुरस्कारका ट्रष्टी पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तीको कुरा हुनुपर्ने र सोही अनुसारको मुद्दा उठ्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा धेरै खालका क्रान्तीहरु भैसकेको भन्दै अब आर्थिक क्रान्ती हुनपर्ने र त्यसको दायित्व मिडियाकोसमेत रहेको बताउनुभयो ।

‘अर्थतन्त्र अहिले कस्तो अवस्थामा छ, आगामी दिनमा के हुनपर्छ, भन्ने विषयलाई अघि बढाउन पनि मिडियाको ठूलो भूमिका रहन्छ । स्वदेशी उत्पादन र त्यसको प्रयोगलाई प्रोत्साहन गर्नु पर्ने ठूलो आवश्यकता छ’ उहाँले भन्नुभयो, ‘अहिले सिबिफिनको सहयोगमा नाफिजले वितरण गरेको पुरस्कार पनि पत्रकारलाई हौसला प्रदान गर्दै अर्थतन्त्रका समग्र पक्षहरुको विषयमा सत्यतथ्य सूचना तथा जानकारीहरुको उजागर गर्दै आर्थिक सुधारका लागि सम्बन्धित निकायहरुलाई निरन्तर खबरदारी गर्न थप जिम्मेवार बनाउनु पनि हो’

सिबिफिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो । बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पु¥याउने हेतुले उक्त पुरस्कार प्रदान गर्न थालिएको र पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रवद्र्धन गर्ने जनाइएको छ ।

त्यसैगरी सोही अवसरमा ‘शारदा– ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बाट बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ समेत पुरष्कृत हुनुभएको छ ।

वि.सं.२०७९ असोज १३ बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...