back
NMB ad

पर्यटकको पर्खाइमा चितवनको सौराहा

Kumari bank ad

चितवन । दसैँको मुखमा सौराहाका ६५ हात्तीले दैनिक चार पटक पर्यटकलाई वन घुमाउँदा धेरैले पालो पाउँदैनथे । कतिपय कुरेर हात्ती चढ्थे भने कतिपय त्यसै फर्कनु पर्दथ्यो । यही पर्यटकको चापसँगै कोभिडले सुनसान बनाएको सौराहाको पर्यटन क्षेत्र यस वर्ष पनि पूर्ववत् अवस्थामा फर्कन सकेन ।

विगतको तुलनामा यतिबेला सौराहा सुनसान छ । सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी पर्यटकको पर्खाइमा रहेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले दैनिक १०/१५ हात्तीले मात्र पर्यटक बोक्ने अवसर पाएका छन् । ६५ बाट घटेर हात्तीको सङ्ख्या ३२ मा झरेको छ । विगत चार वर्षअघिसम्मको अवस्थालाई स्मरण गर्दै तिवारीले भन्नुभयो, “यतिबेला हाम्रा ६५ हात्तीले दैनिक चार ट्रिप गर्दा पनि पर्यटकले पालो पाउँदैनथे । अहिले १०/१५ वटाभन्दा बढी हात्तीले एक ट्रिप पनि पाएका छैनन् ।”

आफूहरु पर्यटकको आगमन हुनेमा आशावादी रहेको तिवारी बताउनुहुन्छ । क्रमशः पर्यटक बढ्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । राप्ती किनारस्थित होटल सनसेटभ्यूका सञ्चालक दिपेन्द्र खतिवडा विगतमा दैनिक एक सयभन्दा बढी पर्यटक दैनिक रेष्टुरेन्टमा आउने भए पनि अहिले २० जना पनि पुग्न मुस्किल हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ग्राहक नै कम हुन्छन् । त्यसमा पनि पहिले जस्तो खर्च गर्ने अवस्था देखिँदैन ।” पहिले पहिले मन फुकाएर ग्राहकले खर्च गर्ने गरेको भन्दै खतिवडाले अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को असर बल्ल देखिएको जस्तो लाग्छ ।”

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे घुम्ने समय परिवर्तन भएको आँकलन गर्नुहुन्छ । दसैँमा मात्र नभएर अन्य समयमा घुम्न थालेकाले यतिबेला सोचे जस्तो पर्यटक नआएको हुनसक्ने उहाँ बताउनुहुन्छ । घिमिरेले भन्नुभयो, “नेपाली मात्र होइन विदेशी पनि आएका छैनन् ।” सडकको दुरावस्थाले पर्यटकलाई रोकेको हुनसक्ने उहाँको अनुमान छ ।

जङ्गल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरी कोभिड–१९ का वर्षमा जति पर्यटक यो वर्ष सौराहामा नआएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोभिडको वर्ष दसैँमा खुल्दै गर्दा होटल भरिएका थिए ।” यसले राम्रो सङ्केत नदेखिएको उहाँको भनाइ छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दिपक भट्टराई सौराहामा आन्तरिक र बाह्य पर्यटक नआएको बताउनुहुन्छ ।

भट्टराईको भनाइमा यतिबेला होटल ८० देखि ९० प्रतिशत भरिन्थे । यस वर्ष ३० प्रतिशतसमेत पुगेका छैनन् । तिहारसम्म राम्रो हुने अपेक्षा उहाँले गर्नुभयो । कोभिड–१९ को समयमा भन्दा कम पर्यटक सौराहा आएपछि व्यवसायी चिन्तित छन् । भट्टराईले भन्नुभयो, “हाम्रो अवस्था श्रीलङ्काकोभन्दा कम छैन । खर्च गर्ने पैसा नभएर यस्तो अवस्था आएको हो भन्ने मलाई लाग्छ ।”

विगतमा यतिबेला सबै कर्मचारी होटलमा हुन्थे । यस वर्ष बिदा दिनुपरेको भट्टराईको गुनासो छ । उहाँले भन्नुभयो, “अहिले हामीले कर्मचारीलाई बिदा पठाउन थाल्यौँ । विगतमा यस्तो थिएन । होटलमा पर्यटक आए आउने गरी बिदा गरेका हौं ।” आफूहरु तयारी अवस्थामा रहेको उहाँ बताउनुहुन्छ । सौराहामा एक सय २० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि छन् । भट्टराईका अनुसार सौराहाका होटलमा आठ हजार पर्यटक अट्नसक्ने क्षमता छ । रासस

वि.सं.२०७९ असोज १६ आइतवार १३:३९ मा प्रकाशित

You can share this post!

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार जना सहभागी हुने    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:३२

काठमाडौँ, १५ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि आयोजना गर्न...

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको खाँचो    

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:२६

निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए...

बजेट भाषण गर्ने समय सर्‍याे   

बजेट भाषण गर्ने समय सर्‍याे   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:१५

काठमाडौँ, १५ जेठः आज दिउँसो १ बजे प्रस्तुत हुने भनिएको...

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १५ मंगलवार १२:११

काठमाडौँ, १५ जेठ : राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको...

महिनावारीको बेला महिला ट्राफिकलाई सडकमा नखटाउने गृहमन्त्रीको घोषणा

महिनावारीको बेला महिला ट्राफिकलाई सडकमा नखटाउने गृहमन्त्रीको घोषणा

वि.सं.२०८१ जेठ १५ मंगलवार ११:५९

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा...

यार्सा टिप्न गएकी युवतीको मृत्यु   

यार्सा टिप्न गएकी युवतीको मृत्यु   

वि.सं.२०८१ जेठ १५ मंगलवार ११:५३

त्रिवेणी (रुकुम पश्चिम), १५ जेठ : यार्सागुम्बा टिप्न डोल्पा गएकी...