back
NMB ad

कास्कीमा ९ पदका लागि १०८ को उम्मेद्वारी, सबै क्षेत्रमा बागी उम्मेद्वार

Kumari bank ad

पोखरा । कास्कीमा ९ पदका लागि १ सय ८ जनाको उम्मेद्‌वारी परेको छ । प्रतिनिधिसभातर्फ ५३ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा का लागि ५५ जना उम्मेद्वार भएका छन् ।

प्रतिनिधिसभामा १८ जना स्वतन्त्र छन् भने बाँकी विभिन्न दलका उम्मेद्वार छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा १० जना महिलाले मात्रै मनोनयन दर्ता गरेका छन् । प्रदेशसभा तर्फ १३ स्वतन्त्र उम्मेद्वार छन् भने १० जना मात्रै महिला छन् । तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि प्रमुख पार्टीलाई बागी उम्मेद्वार परेको छ ।

कास्की १ मा गठबन्धन उम्मेद्वार किशोरदत्त बरालविरुद्ध एकीकृत समाजवादीका घननाथ सापकोटाले उम्मेद्वारी दिएका छन् । कास्की २ मा पनि गठबन्धन उम्मेद्वार श्रीनाथ बरालविरुद्ध कांग्रेस नेता महादेव गुरुङले उम्मेद्वारी दिए ।

कास्की ३ मा रामजी बरालका विरुद्ध माओवादीकै अनिता भुर्तेल चुनौती बनेकी छिन् भने एमाले उम्मेद्वार दामोदर बैरागीलाई पनि जगन्नाथ बास्तोलाले बागी चुनौती दिएका छन् ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि ४ जना स्वतन्त्र र १३ राजनीतिक दलसहित १७ जनाले मनोनयन दर्ता गराएका छन् । एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ र कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालबीच कडा प्रतिस्पर्धा हुनेछ ।

बराल गठबन्धनको साझा उम्मेद्वार हुन् । प्रदेशसभा (क) का लागि गठबन्धनबाट माओवादीका दीपक कोइराला र एमालेका खगराज अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभा (ख) मा कांग्रेसका दीपक गुरुङ र एमालेका बेदबहादुर गुरुङ आमनेसामने भएका छन् ।

क्षेत्र नम्बर २ तर्फ प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई र गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालबीच प्रतिस्पर्धा हुनेछ । २ (क) मा माओवादीका विश्वप्रकाश लामिछाने र एमालेका भीम कार्की आमनेसामने भएका छन् भने २ (ख) मा बहालवाला २ सांसदबीच कडा टक्कर हुने छ । कांग्रेसले मन्त्री विन्दुकुमार थापालाई टिकट दिएको छ भने एमालेले मीना गुरुङलाई अघि सारेको छ ।

क्षेत्र नम्बर ३ मा गठबन्धनबाट माओवादीका रामजी बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । ३ (क) बाट माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङबीच बढी प्रतिस्पर्धा हुनेछ । ३ (ख) बाट कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीचमा प्रतिस्पर्धा हुनेछ । क्षेत्र नम्बर १ मा १७, २ मा १८ र ३ मा पनि १८ जनाकै उम्मेद्वारी छ ।

वि.सं.२०७९ असोज २४ सोमवार ११:१३ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...